
काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भएपनि काँग्रेसलाई फरक नपर्ने बताउनु भएको छ ।
शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को प्रथम क्षेत्रिय सम्मेलनमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनु भएको हो । उहाँले कम्युनिष्ट पार्टीहरु मिलेर केही फरक नपर्ने भन्दै कांग्रेस अब सुध्रिएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले देशको सबैभन्दा ठूलो पार्टी कांग्रेस अलमलिदा सिंगो समाज नै प्रभावित भएको उल्लेख गर्नुभयो । महामन्त्री थापाले अब पार्टीको नयाँ संरचना बनाउन आफू काठमाडौं बाहिर निस्केर अध्ययन गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्