१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाल्पामा एक वर्षमा डुबेर २४ जनाको मृत्यु


117
Shares

पाल्पा । पाल्पाका खोला–नदीमा डुबेर एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।

जसमा १२ पुरुष, २ महिला, ५ बालक र ५ बालिका रहेका छन् । खोला र नदीमा डुबेर अकालमै मृत्यु हुनेको संख्या जिल्लामा बढ्दो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जाकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/८० को असार २ गतेसम्मको जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्याङ्कमा २१ जना रहेको उल्लेख गरिए पनि असार ४ गते सम्म थप ३ जनाको मृत्यु भएको छ । असार ३ गते कालीगण्डकी नदीमा बेपत्ता भएकी एक किशोरीको शव फेला परेको थियो भने ४ गते रैनादेवी छहरा र तिनाउमा दुई जनाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।

मृत्यु हुने अधिकांश घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक रहेका छन् । तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ ।

भूतखोलामा रहेको पानी पोखरी अवलोकन गर्न पुग्नेहरुले फोटो खिच्ने र पौडी खेल्न क्रममा ज्यान गुमाएका छन् ।