
बैतडी । निरन्तरको वर्षाका कारण बैतडीस्थित जय पृथ्वीबहादुर राजमार्ग शनिबार रातिदेखि अवरुद्ध भएको छ ।
बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्ण रुपमा बन्द भएको हो ।
यातायात अवरुद्ध हुँदा बैतडी हुदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।
लगातारको वर्षाका कारण पहिरो पन्छाउन समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्