
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आइतबारबाट शुरू हुँदैछ ।
अधिवेशन आइतबार बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा शुरु हुनेछ । केन्द्रिय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभर तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रश्तुत हुनेछ । मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रश्तुत गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्