
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली कांग्रेस पुनः जीवन दिनपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
आइतबार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको बताउनुभयो । नेता कोईरालाले काँग्रेसलाई बचाउनको लागि सुवेक्षुक संस्थाहरुले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।
नेता कोईरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले संविधानमाथि धेरै प्राहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरुले गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्