२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जसपा विधान अधिवेशन सुरु, ११ वटा प्रादेशिक संरचना बनाउने प्रस्ताव


117
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन आइतबारबाट सुरू भएको छ ।

प्रज्ञा भवन कमलादीमा तीन चल्ने विधान अधिवेशनमा ११ वटा प्रादेशिक संरचना बनाउने प्रस्ताव गरिएको छ । संघीय परिषद्सहित १५१ सदस्यीय केन्द्रीय समिति बनाउने र ७० वर्षे उमेर हद लगाएको जसपाले जातीय पहिचानसहितको प्रादेशिक संरचना प्रस्ताव गरेको हो ।

प्रस्तावित विधानको धारा ५४ मा पहिचानमा आधारित प्रादेशिक संरचनाको प्रबन्ध छ । पहिचानमा आधारित प्रादेशिक संरचनाको रूपमा पार्टीमा राष्ट्रिय समितिहरू रहने प्रस्ताव गरिएको छ ।

यस समितिले मूलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरू गर्ने कार्यक्षेत्र पनि तोकिएको छ ।