८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


हामीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौं : सन्तोष परियार


221
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ ।

आइृतबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतकसमेत रहनुभएका परियारले यस्तो बताउनुभएको हो । उहाँले बजेट कर्मकाण्डी आएको बताउनुभयो ।

सांसद परियारले बजेटका सैद्धान्तिक छलफलदेखि नीति तथा कार्यक्रम र बजेट नै नयाँ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले बजेटकै कारण अहिलेको सरकार ढल्छ भन्न नसकिने बताउनुभयो । उहाँले संसदमा पहिलो र दोस्रो ठूलो दल काँग्रेस र एमाले मिलेर सरकार बनाउने कुरामा आफूलाई विश्वास नलागेको बताउनुभयो ।

रास्वपा स्थायी सरकारको पक्षमा रहेको बताउनुभयो ।