२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरिया युद्धको सम्झनामा उत्तर कोरियाली राजधानीमा विशाल प्रदर्शन


442
Shares

एजेन्सी । उत्तर कोरियामा साम्राज्यवादको विरोध गर्दै विशाल र्‍याली निकालिएको छ ।

कोरिया युद्ध शुरु भएको ७३ औं वर्षगाँठको अवसर पारेर राजधानी प्योङयाङमा प्रदर्शन गरिएको हो ।

र्‍यालीमा एक लाख २० हजार युवा युवती सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । सेतो टीसर्ट लगाएका युवाहरुको जमातले बोकेका प्लेकार्डमा “सिंगो अमेरिका हाम्रो निशानाभित्रै छ, साम्राज्यवादी अमेरिका शान्तिको शत्रुको हो” लेखिएको थियो ।

दाहिने हात हावामा उठाएर उनीहरुले अमेरिका र दक्षिण कोरियाली शासक विरुद्ध नारा लगाएका थिए । सन् १९५० को जुन २५ मा कम्युनिष्ट कब्जामा रहेको उत्तरले तत्कालिन संस्थापनको कब्जामा रहेको दक्षिणमाथि आक्रमण गरेपछि कोरिया युद्ध शुरु भएको थियो ।

तीन वर्षसम्म चलेको युद्धमा वीस लाख मानिसको मृत्यु भएको थियो । युद्धमा दक्षिणलाई अमेरिकाले साथ दिएको थियो भने सोही युद्धबाट कोरिया दुई राष्ट्रमा विभाजित भएको थियो ।