१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु : कोईराला


3.328k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भएपनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताउनुभएको छ ।

सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता कोईरालाले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताउनुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले १५ औं महाधिवेशनपछि मात्रै कांग्रेसबाट सरकारको नेर्तत्व कसले गर्छ ? भन्नेकुराको टुंगो लाग्ने बताउनुभयो । उहाँले १५ औं महाधिवेशनमा आफूलाई सभापतिमा देख्ने सम्भावना बलियो रहेको बताउनुभयो ।

सांसद कोईरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरुको आग्रहलाई सुन्ने बताउनुभयो ।