
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्याउने घोषणा गर्नुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री बस्नेतले हालसम्म ९६ प्रतिशत नेपालीहरुको पहुँचमा विद्युत पुगेको उल्लेख गर्दै आगामी २ वर्ष भित्रै सबैले भरपर्दो र गुणस्तरीय विद्युत सेवा पाउनेगरी योजना बनाइएको र त्यसलाई कार्यान्वयनमा लगिने बताउनुभयो । उहाँले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका आगामी दुई वर्ष भित्र विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेका दावी समेत गर्नुभयो ।
मन्त्री बस्नेतले विद्युत खपतका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउने र खाना पकाउने एलपी ग्यासको परनिर्भरता घटाउँदै लैजाने सरकारले नीति रहेको स्पष्ट पार्नु भयो ।
मन्त्री बस्नेतले मुलुकलाई आत्मनिर्भर हुने गरी विद्युतको उत्पादन र बजारीकरणको कामलाई सरकारले प्राथमिकता दिएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्