
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताउनुभएको छ ।
सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री किराँतीले आफू प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र आमाले दिएको अर्ति भन्दा बाहिर गएर काम नगर्ने स्पष्ट पार्नुभयो । उहाँले वर्तमान सरकार ५ वर्षसम्म नै टिक्ने दाबी समेत गर्नुभयो । उहाँले आउने निर्वाचनमा ठूला दलको अस्तित्व संकटमा पर्ने डरका कारण पनि वर्तमान सरकार नढल्ने दाबी गर्नुभयो ।
मन्त्री किराँतीले सरकार देशमा रहेका समस्याको समाधान गर्ने दिशामा अघि बढीरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्