
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
सांसद खतिवडाले जलहरीमा जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले महादेवलाई नामबाट खुवाउने चलन किन परेछ ? भन्नेकुराको सत्यतथ्य आउनुपर्ने बताउनुभयो ।
सांसद खतिवडाले नेपाली कांग्रेस मिथ्या आरोप लगाएरु राजनीति गर्ने पक्षमा नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्