१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरले कजेलसँग माग्यो आगामी शैक्षिक सत्रको शुल्क बिवरण


1.807k
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले उच्च माविहरुसँग आगामी शैक्षिक सत्रको शुल्कको बिवरण मागेको छ ।

एसईईको नतिजा सार्वजनिक हुने र कक्षा ११ मा भर्ना गर्ने मिति नजिकंदै गर्दा महानगरपालिकाले महानगरभित्र संचालनमा रहेका कलेजहरुसँग शुल्को बिवरण मागेको हो ।

महानगरपालिकाले सोमबार सूचना जारी गर्दै सबै निजी उच्च माध्यामिक विद्यालयहरुलाई यही असार मसान्तसम्म कुन–कुन शीर्षकमा कति शुल्क लिने हो उक्त विवरण पेस गर्न निर्देशन दिएको हो ।

शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहितको विवरण उपलब्ध गराउन पत्रमार्फत आग्रह गरिएको छ । काठमाडौं महानगरपालिका भित्र पाँच सय २० वटा निजी विद्यालय सञ्चालनमा छन् । निजी विद्यालयहरुले मनपरी शुल्क लिएको गुनासो आएपछि महानगरपालिकाले आफ्नो अधिकारको प्रयोग गर्दै शुल्कको बिवरण मागेको हो ।

ऐनले दिएको अधिकार प्रयोग गर्दै महानगरपालिकाले पहिलो पटक माध्यमिक तहका कक्षा ११ र १२ को शुल्क निर्धारण गर्न लागेको हो । विद्यालयहरुले आफ्नो शुल्क विवरण प्रत्येक वर्ष महानगरमा पेस गर्नुपर्ने भए पनि धेरै विद्यालयहरुले नियम पालनामा अटेर गर्ने गरेका छन् ।

तोकेको समयसीमा शुल्क विवरण उपलब्ध नगराउने विद्यालयलाई अनुगमन गरी नियमअनुसार कारबाही गरिने पनि सूचनामा उल्लेख छ । महानगरपालिकाको निर्देशनका आधारमा निजी विद्यालयहरुले यस पटक पूर्ण रुपमा दश प्रतिशतको छात्रवृत्ति उपलब्ध गराएको र त्यसबाट १३ हजार विद्यार्थी लाभान्वित भएको महानगरपालिकाको दाबी छ ।