
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसमा रक्तपात मच्चाउन खोज्ने समुहका नाइकेलाई न्यायको कठघरामा उभ्याउने बताउनुभएको छ ।
सोमबार छोटो सम्बोधन गर्दै पुटिनले निजी सैन्य समुह वाग्नरका प्रमुख यभ्गेनी प्रिगोझिनतर्फ लक्षित गर्दै कानुनी कारबाहीको संकेत गर्नुभएको हो ।
रुसको तर्फबाट युक्रेनमा लडिरहेका वाग्नर समुहका लडाकुहरुलाई भने पुटिनले देशभक्त सैनिकको संज्ञा दिनुभयो । व्रिदोहको लागि मस्कोतर्फ अघि बढेका हजारौं वाग्नर लडाकुलाई रुसी सेनामा समायोजन हुने, बेलारुस जाने वा घर फर्किने विकल्प खुला रहेको पुटिनको भनाइ छ ।
तर, रुसी सत्ता हत्याउन हतियार उठाएका समुहका नाइकेलाई भने त्यसै छाड्न नसककिने पुटिनको आक्रोश छ । साथै पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोप्रति आभार प्रकट गर्दै रुसमा हुन लागेको रक्तपातलाई रोकेको भन्दै धन्यबाद दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्