
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरु अन्य कुनै कार्यालयमा नगाभिने बताउनुभएको हो । उहाँले निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभिने पक्षमा पार्टीको संसदीय दल नै रहेको स्पष्ट पार्नुभयो ।
उहाँले आज अर्थमन्त्रीले संसदमा जवाफ दिने क्रममा जिल्ला निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभ्ने प्रतिवद्धता गर्ने पनि उहाँले जानकारी दिनुभयो । यो कुरा निर्वाचन आयोगले पनि निर्णय गरिसकेको उहाँले उल्लेख गर्नुभयो ।उहाँले निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतालाई कायम राखिने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्