१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरु नियुक्त हुन्छन् : कानूनमन्त्री गुरुङ


117
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरु नियुक्ती हुने गरेको दाबी गर्नुभएको छ ।

न्यायाधीश नियुक्तीमा राजनीतिक भागबण्डा हुने गरेको चर्चा भईरहँदा उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

मन्त्री गुरुङले संविधानले नै प्रद्धत्त गरेको अधिकार भित्रै रहेर न्यायाधीशहरु नियुक्ती हुने गरेको विगत सबैले बुझेको हुनुपर्ने जिकीर समेत गर्नुभयो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उहाँले न्यायालय राजनीतिक भर्ती केन्द्र भएजस्तो आफूलाई नलागेको बताउनुभयो ।

मन्त्री गुरुङले संविधान कुल्चेर, संविधानभन्दा बाहिर गएर न्यायाधीशहरु नियुक्त नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो पहुँचकै आधारमा सर्वोच्च अदालतमा मुद्दाहरु फस्र्यौट हुने गरेको भनाईमा पनि सत्यता नरहेको बताउनुभयो ।

सर्वोच्च अदालतको आफ्नै प्रक्रिया भित्रबाट मुद्दाहरुको छिनाफानो हुने गरेको मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले न्यायालयले न्याय सम्पादनको काम स्वतन्त्र ढंगले गर्ने गरेको पनि बताउनुभयो ।