१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा थप ६ जना पक्राउ


28.743k
Shares

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप ६ जनालाई मंगलबार पक्राउ गरेको हो । त्यस अघि मंगलबार नै बिहान प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसी रहेका छन् ।ललिता निवास जग्गा प्रकरणमा सिआइबीले अनुसन्धान गरी २०७८ पुसमा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

यसमा सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भनेर फिर्ता पठाएको थियो र त्यसपछि यसबारे सीआइबीले अनुसन्धान गरिरहेको थियो ।