
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको बताउनुभएको छ ।
मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले प्रतिनिधि सभाका सांसदहरुलाई सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५ करोड दिने निर्णय बजेटबाट गरेको भएपनि राष्ट्रिय सभा सदस्यहरुलाई भने कुनै कार्यक्रम नल्याएर विभेद गरेको बताउनु भयो ।
उहाँले राष्ट्रिय सभा सदस्यहरु प्रदेश र स्थानीय तहसम्मै जोडिने भएकाले राष्ट्रिय सभा सदस्यलाई पनि कुनै कार्यक्रम ल्याएर संलग्न गराउनुपर्ने बताउनु भयो । उहाँले विभेदपूर्ण कामलाई संसदीइ समिति बसेर छलफल गरी निस्कर्षमा पुर्याउनुपर्ने बताउनु भयो ।उपाध्यक्ष अर्यालले राष्ट्रिय सभा सधैँ ओझेलमा पर्नुपर्ने वातावरणको अन्त्य हुन आवश्यक रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्