१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेयर साहविरुद्धको मुद्दामा लिखित जवाफ माग


3.289k
Shares

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्ध परेको अदालतको अपहेलना मुद्दामा लिखित जवाफ मागेको छ ।

बालेनविरूद्ध परेको रिटको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले मेयर साहसँग लिखित जवाफ माग्ने आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

अधिवक्ता वर्षाकुमारी झाले मेयर साहविरूद्ध आइतबार अदालतको अवहेलानविरुद्ध निवेदन दिएकी दिनुभएको थियो । मेयर साहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताउनुभएको थियो । उहाँले कानून र अदालतको आदेश नमान्ने भन्दै टिप्पणी गर्नुभएको थियो ।

हलमा हिन्दी फिल्म चलाउन उच्च अदालतले अन्तरिम आदेश दिएपछि साहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।