२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने कुरा कांग्रेसले सोच्न सक्दैन : लेखक


91
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने कुरा सम्भव हुन नसक्ने बताउनुभएको छ ।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद लेखकले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भन्नेकुरामा सरकार र कांग्रेस जानकार रहेको बताउनुभयो । उहाँले निर्वाचन आयोगका कुनैपनि कार्यालय सरकारको कुनै निकायमा सार्ने कुरा हुन नसक्ने बताउनुभयो । उहाँले कांग्रेस अवाञ्छित गतिविधि गरेर निर्वाचन जित्नुपर्छ भन्ने मान्यता राख्ने पार्टी नभएको बताउनुभयो ।

सांसद लेखकले कुनैपनि घटना निष्पक्ष, स्वतन्त्र, पूर्वाग्रहीरहीत ढंगबाट छिनोफानो हुनुपर्ने बताउनुभयो ।