९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सबैभन्दा जोखिममा मोटरसाइकल

सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६८ प्रतिशत मोटरसाइकल यात्री

32.396k
Shares

काठमाडौं । काठमाडौं मातातीर्थका रमेश इटनी दम्पतीको सोमबार बिहानको रौनक भिन्नै थियो। पत्नी मेनुकासहित बिहे भोजको पोसाकमा सजिएका थिए रमेश। चालक रमेश मोटरसाइकलको अगाडि बसे, पत्नी मेनुका पछाडि। बिहान ९ बजेतिर दुवैजना घरबाट निस्किए।

घरबाट निस्केको करिब १५ मिनेटपछि सतुंगल आइपुगे उनीहरू। सतुंगलमा उनीहरू चढेको मोटरसाइकललाई पछिबाट आएको बसले ठक्कर दियो।

बसको ठक्करबाट मेनुका गम्भीर घाइते भइन्, रमेशलाई सामान्य चोटपटक लाग्यो। मोटरसाइकलसँगै सडकमा लडेकी मेनुकालाई बसको टायरले किचेको थियो। वीर अस्पताल ल्याउँदाल्याउँदै उनको निधन भयो। इटनी दम्पती वनस्थलीस्थित गाउँका आफन्तको बिहेमा सामेल हुन हिँडेका थिए।

रमेश धादिङबाट केही वर्षअघि बसाइँ सरेर काठमाडौं आएका हुन्। दुवै छोरा अमेरिका गएकाले इटनी दम्पती मात्र घरमा बस्थे। ठक्कर दिएको बसचालकलाई प्रहरीले पक्राउ गरेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।