
एजेन्सी । युक्रेन युद्धमा रुसको पक्षमा लड्दै आएको निजी सैनिक समूह वाग्नरका प्रमुख यभगेनी प्रिगोजिन बेलारुस पुगेका छन् ।
बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले प्रिगोजिनलाई बेलारुसमा शरण दिएको पुष्टी गरेका हुन् । रुसका केही शहर कब्जा गर्दै रुस बिरुद्ध उत्रेको सो समुहका प्रमुख सहितको लडाकु समूहलाई बेलारुसले शरण दिने भएपछि उनीहरु रुसमा सैन्य विद्रोह गर्नबाट पछि हटेका थिए ।
बिशेष बिमानबाट बेलारुस पुगेका प्रिगोजिन कुन शहरमा छन् भन्ने गोप्य राखिएको छ । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले सो समुहलाई कारबाही गर्ने निर्णय हाललाई फिर्ता लिएका छन् । प्रिगोजिनलाई बेलारुसले शरण दिए लगत्तै रुसी राष्ट्रपति पुटिनले उक्त चेतावनी फिर्ता लिँदै कुनै कारबाही नगर्ने स्पष्ट पारेका हुन् ।
रुसी रक्षा मन्त्रालयले भने सो समहुबाट भारी मात्रामा सैन्य उपकरण र हतियार रुसलाई दिन लागेको जानकारी दिँदै वाग्नर समुहप्रति रुसले नरम निती अपनाउने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्