१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुरको त्रियुगा नगरपालिकाद्वारा कृषकलाई ट्याक्टर वितरण


208
Shares

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले कृषकलाई ट्याक्टर वितरण गरेको छ ।

चालु आर्थिक वर्षको बजेटबाट ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको हो ।

खेतीपाती लगाउने समय सुरु भएसँगै कृषि विकास शाखाले ५० प्रतिशत अनुदानमा ट्याक्टर र सतप्रतिशत अनुदानमा ३२ जना कृषकलाई पानी तान्ने मोटर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत नगरपालिकाको ५० प्रतिशत अनुदानमा ट्याक्टर र साना सिंचाई कार्यक्रम अन्तर्गत ३२ वटा पानी तान्ने मोटर सहित मोटर जोड्ने आवश्यक समान र पाइप हस्तान्तरण गरेको हो ।

कृषकको माग र आवश्यकताको आधारमा साढे १३ लाख रुपैयाँ पर्ने ट्याक्टर र १० हजार रुपैयाँ पर्ने पानी तान्ने मोटर वितरण गरिएको हो ।