७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


साफ च्याम्पियनसिप फुटबलको समुह चरणका खेलहरु आज सकिँदै


975
Shares

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा बुधबार समुह चरणका अन्तिम खेलहरु हुँदैछन् ।

समुह बि का अन्तिम दुई खेलमा बुधबार लेबनानले माल्दिभ्सको सामना गर्दा बंगलादेश र भुटान भिड्नेछन् ।

यो समुहमा लेबनानले लगातार दुई खेल जितेको छ भने माल्दिभ्स र बंगलादेशले एक एक खेल जितेका छन् । जितबिहिन भुटान भने लगातार दुई खेल हार्दै समुह चरणबाटै बाहिरिएको छ ।

बुधबारका खेलहरुपछि १४ औं संस्करणको साफ च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ । समुह ‘ए’ बाट कुवेत र भारत सेमिफाइनलमा पुगिसकेका छन् । समुहमा तेस्रो स्थानमा रहेको नेपाल र पुछारमा रहेको पाकिस्तान भने समुहबाटै बाहिरिएका छन् ।

मंगलबारको खेलमा नेपालले पाकिस्तानलाई १–० ले हराउँदै सान्त्वना जित निकालेको हो । मंगलबार नेपाललाई विजयी गराउन आशिष चौधरीले निर्णायक गोल गरे ।