
काठमाडौं । आगामी असार २४ गते राती १२ बजेदेखि सरकारी कामकाजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी,हिसाबकिताब राफसाफ गर्न सबै पालिका,प्रदेश सरकार र केन्द्र सरकारलाई निर्देशन गरेको हो । महालेखा नियन्त्रण कार्यालयको असार १० गतेको परिपत्रमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुक्तानी निकासा बन्द गर्ने र सालतमाम सम्बन्धमा प्रदेश र स्थानीय तहहरुको आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै साविकमा जस्तै निकासा भुक्तानी र प्रणाली समेत बन्द हुने हुँदा सूचना संप्रेषण गरिएको महालेखा नियन्त्रणले जनाएको छ ।
संघीय कार्यालयहरुको हकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ को नियम ३० को उपनियम (१) र (२) बमोजिम र प्रदेश तथा स्थानीय तहले सोही नियमको उपनियम (७) र (८) बमोजिम गर्न र आर्थिक वर्ष समाप्त हुने सात दिन अघिदेखि नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक सम्पूर्ण निकासा भुक्तानी गर्न महालेखा नियन्त्रण कार्यालयले निर्देशन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्