२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज


299
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

राष्ट्रपति पौडेल असार २ गते उहाँ उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो । अस्पतालमा उहाँको छातीमा पेस मेकर राखिएको थियो ।

पौडेल आज डिस्जार्च भएर राष्ट्रपति निवास फर्किएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । चिकित्सकहरुका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।