
काठमाडौं । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा यथावत् रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा यथावत् रहेको छ । नेपाल ३८ खेलमा ३५ रेटिङका साथ १४ औँ स्थानमा छ । नेपालले यही हप्ता आईसीसी विश्वकप छनोटमा चारमध्ये तीन खेलमा पराजित भए पनि वरीयता यथावत् रहेको हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया छ । यस्तै पाकिस्तान दोस्रो, भारत तेस्रो स्थानमा रहेको छ ।
नयाँ वरीयताअनुसार नेपालका ब्याटर आसिफ शेख र बलर सोमपाल कामीले १/१ स्थान सुधार गरेका छन् । ब्याटिङ तर्फ आसिफ ७२ औँ स्थानमा उक्लिँदा बलिङमा सोमपाल ७४ औँ स्थानमा आइपुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्