
काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
बुधबार भएको समुह चरणको अन्तिम खेलमा लेबनान र बंगलादेश विजयी हुँदै सेमिफाइनलमा पुगेका छन् । बुधबार लेबनानले माल्दिभ्सलाई १–० ले हराउँदा बंगलादेशले भुटानमाथि ३–१ को जित निकाल्यो ।
समुहमा तिन खेलबाट लेबनानले ९ अंक जोड्यो भने ६ अंकसहित बंगलादेश दोस्रो भयो । ३ अंक जोडेको माल्दिभ्स र अंकबिहिन भुटान समुह चरणबाटै बाहिरिए ।
अर्को समुहबाट कुवेत र भारत सेमिफाइनलमा पुग्दा नेपाल र पाकिस्तान बाहिरिए ।
शनिबार हुने सेमिफाइनल खेलहरुमा कुवेत र बंगलादेश तथा लेबनान र भारत भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्