७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दाङमा कीट मार्फत लागू औषध परीक्षण


2.496k
Shares

दाङ । दाङमा पहिलो पटक ट्राफिक प्रहरीले लागू औषध परीक्षण गर्न मिल्ने कीट प्रयोगमा ल्याएको छ ।

चालकहरूले सवारी साधन चलाउँदा कुनै किसिमको लागू औषध तथा मादक पदार्थ प्रयोग गरे/नगरेको किटबाट पत्ता लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसअघि ट्राफिक प्रहरीसँग ब्रेथलाइजर अर्थात् मादक पदार्थ सेवन गरे/नगरेको चेक गर्ने यन्त्र मात्रै थियो । जसले गर्दा मादक पदार्थ सेवन गरेका बाहेक अन्य नसालु पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन निकै सकस परेको थियो । लागू औषध परीक्षण किट भएपछि भने केही सहज हुने दाङका ट्राफिक प्रहरी प्रमुख किरण प्रकाश मल्लले बताउनुभयो ।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी दाङले सचेतना अभियानलाई पनि तिव्रताका साथ अघि बढाएको छ । जिल्लाका विभिन्न ठाउँहरूमा डिजिटल बोर्डको स्थापना देखि प्रहरीले ट्राफिक चेकिङका समेत कडाइ गरेको छ ।

क्षमता भन्दा बढी यात्रु वा मालसामान बोक्ने, तीब्र गतिमा सवारी साधन चलाउने र प्रयोजन विपरीत प्रयोग गरिएका सवारी साधनलाई निगरानी बढाएको प्रहरीले जनाएको छ ।