
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गर्नुभएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति लक्षित गर्दै भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका उपसभापति समेत रहनु भएका मन्त्री गुरुङले एमाले सत्तामा जानका लागि भोकाइरहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरु खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको बताउनु भयो । उहाँले सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने बताउनु भयो ।
मन्त्री गुरुङले नेपाली राजनीतिमा लामो समयदेखि निराशाको बादल मडारिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्