
काठमाडौं । असार १५ मनाउन चितवन पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने हुनुभएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट अध्यक्ष ओलीले धान रोप्ने क्रमको सुरुवात गर्नुहुनेछ । धान रोपाइँ कार्यक्रममा पार्टीको ब्यानर र झण्डा बोकेर कोही पनि नजान उर्दी लगाइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट फर्मको करिब ३ विघा जग्गामा धान रोपाइँ गर्ने जनाईएको छ ।
रोपाइँ कार्यक्रम पछि भने ओली रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा त्यहाँका कृषिका विद्यार्थी, कृषि विज्ञ तथा प्राविधिकहरूसँग अन्तर्क्रिरया गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्