
काठमाडौं । शुक्रबार दिउँसो साढे २ बजे राष्ट्रिय सभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने जनाईएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यसैगरी विद्यायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने त्यसलाई पारित गरियोस भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसूचीमा छ ।
बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल हुने र सो विधेयक पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्