१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लोकतन्त्र बलियो बनाउन सबै जुट्नुपर्छ : मन्त्री गुरुङ


130
Shares

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले लोकतन्त्र बलियो बनाउने काममा जुट्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री गुरुङले लोकतन्त्र बलियो नभइकन आदिवासी जनजातीहरुको भावना र पहिचानलाई स्थपित गर्न नसकिने बताउनुभयो । उहाँले लोकतन्त्र कमजोर हुँदा आवाज उठाउने ठाउँहरु पनि नहुने बताउनुभयो । उहाँले लोकतन्त्रलाई बलियो बनाएर मात्रै सबै योगदानहरुको कदर गर्न सकिने बताउनुभयो ।

मन्त्री गुरुङले मन्त्रालयमा रहेर निष्पक्षताका साथ जनमुखी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।