१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भ्रष्टाचार मुद्दामा निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का दोषी ठहर


6.981k
Shares

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु शालिग्राम कोईराला र डा. खुशी थारुको ईजलासले खड्कालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर गरेको हो । विशेष अदालतले खड्कालाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैंया विगो भराउन आदेश गरेको छ ।

यस्तै विशेषले पूर्व कार्यकारी निर्देशक खड्काको नाममा रहेको घर, जग्गा, बैँक मौज्दात र अन्य सम्पत्ति जफत हुने फैसला गरेको छ । २०७५ पुष २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा खड्काविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो । २०७५ माघ महिनामा विशेषले खड्कालाई २ करोड ५० लाख धरौटामा रिहा गर्न आदेश गरेको थियो ।