८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ : सभामुख घिमिरे


234
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भुमिका विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले सांसदहरुलाई सरकारलाई संसदप्रति जवाफदेही बनाउने काममा भुमिका खेल्न आग्रह पनि गर्नुभयो ।

सभामुख घिमिरेले ५० प्रतिशतभन्दा बढी जनसंख्या रहेको महिलाहरु राजनीतिमा पछि नै रहेको उल्लेख गर्दै महिलाहरुलाई राजनीतिक जिम्मेवारीमा अगाडि ल्याउनुपर्ने बताउनुभयो । उहाँले सरकारले ऐन, कानूनहरुको प्रभावकारी कार्यान्वयन गरे नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराउनुभयो ।

सभामुख घिमिरेले सांसदहरुको निति निर्माण र बजेट बाँडफाँटमा आफूहरुको प्रतिनिधित्व हुन नसकेको गुनासो रहेको बताउनुभयो । सांसदहरुले जनताको भावनाहरुलाई संसदमा मुखरित गर्नुपर्ने बताउनुभयो ।