११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


पछिल्लो समय आर्थिक अपराध बढ्दै


2.418k
Shares

काठमाडौं । पछिल्लो समय आर्थिक अपराध बढ्दै गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार गरेको पत्रकार सम्मेलनमा वित्तीय अपराध बढ्दै गएको भन्दै सचेत गराएको हो ।

यो वर्ष मात्र बैकिङ्ग कसुर र अभद्र व्यवहारको मुद्दा बढेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले बाल आश्रमको नाममा ठगीदेखि नक्कली डाक्टर बनी सक्कली डाक्टर र नर्सलाई समेत ठगी गर्ने प्रवृत्ति बढेको बताउनुभयो । बैंकिङ्ग कसुर मुद्दा अब सम्बन्धित जिल्लाको जिल्ला अदालतमा दर्ता हुने भए पछि पीडितलाई पर्ने दुःख कम हुने पनि उहाँले बताउनुभयो ।

यस्तै, पछिल्लो समय सामाजिक सन्जालबाट हुने विभिन्न किसिमका ठगी बढेको भन्दै उहाँले सामाजिक सञ्जाल प्रयोगमा सावधानी अपनाउन पनि आग्रह गर्नुभयो ।