
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलका खेल शनिबार हुँदैछ ।
पहिलो सेमिफाइनलमा कुवेत र बंगलादेश दिउँसो सवाँ ३ बजे खेल्नेछन् । अर्को खेलमा पौने ८ बजे लेबनान र भारत खेल्नेछन् ।
समूह ए बाट कुवेत समूह विजेता र भारत उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गरेका थिए । समूह बी बाट लेबनान र बंगलादेश क्रमश समूह विजेता र उपविजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेका थिए ।
भारत साफ च्याम्पियनसिपको १३ वटा संस्करण मध्य ८ वटाको विजेता टोली हो । शनिबार लेबनानविरुद्धको खेलमा भारतीय प्रशिक्षक इगोर स्टिमक टच लाइनमा हुने छैनन् । उनलाई दुई खेलको प्रतिबन्ध लगाईएको छ ।
कुवेतविरुद्धको खेलमा खेल अधिकारीसँग बादबिबादमा उत्रिएका उनलाई रेड कार्ड देखाईएको थियो । उनले पाकिस्तानविरुद्धको खेलमा समेत रातो कार्ड खाएका थिए । सोही कारण उनले नेपालविरुद्धको खेल गुमाएका थिए ।
प्रतिक्रिया दिनुहोस्