
काठमाडौं । प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ ।
शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रियामा अध्यक्ष दाहालले पार्टी एकतालाई सार्थक बनाउने बताउनुभएको हो ।
माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने जिकिर गर्दै अध्यक्ष दाहालले माओवादी घटकहरु एक हुँदा मात्रै देश सही दिशामा अगाडि बढ्ने दावी गनुृभयो । उहाँले विशेष महाधिवेशन गरेर माओवादीलाई पुनर्निर्माणमा गर्ने तयारीमा रहेको पनि जानकारी दिनुभयो ।
अहिले सरकारमा रहेर राम्रो गर्न खोजिरहेको भन्दै प्रधानमन्त्री दाहालले सामन्तवाद र प्रतिक्रियावादले गरेको फोहोरको डङ्गुर सफा गर्न लागेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्