९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर


1.768k
Shares

काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले भ्रष्टाचार गरेको ठहर गर्दै एक वर्ष तीन महिना कैद हुने सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले शुक्रबार यस्तो फैसला सुनाएको हो ।

खड्कासमेत चारलाई प्रतिवादी बनाउँदै अख्तियारले २३ पुस ०७५ मा दायर गरेको मुद्दामा फैसला गर्दै दोषी ठहर गरेको हो । विशेषका प्रवक्ता तथा उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले गोपाल खड्काको नाममा रहेको नौ करोड १९ लाख ६ हजार रुपियाँभन्दा बढी बिगोबमोजिम जरिवाना हुने फैसला भएको बताए ।

यसबाहेक मुद्दामा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी गोपालकी श्रीमती शर्मिला खड्का तथा अमिता लामा सोदेम्बाको नाममा रहेको सम्पत्ति जफत हुने भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।