२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हिंसात्मक प्रदर्शनका कारण फ्रान्सका राष्ट्रपतिको जर्मनीको भ्रमण स्थगीत


195
Shares

एजेन्सी । फ्रान्समा केही दिन यता जारी तनावका कारण राष्ट्रपति इमानुएल म्याक्रोन आइतबारदेखि सुरु हुने जर्मनीको भ्रमण स्थगीत गर्नुभएको छ ।

गत मंगलबार राजधानी पेरिस नजिकै प्रहरीको गोली लागेर १७ वर्षीय किशोर नाहिल एमको मृत्यु भएपछि भड्किएको हिंसा नियन्त्रण बाहिर गएपछी राष्ट्रपति म्याक्रोनले जर्मनीको यात्रा स्थगीत गर्नुभएको हो ।

शनिबार मार्सेलो शहरमा प्रहरी र प्रदर्शनकारीबीच ब्यापक झडप भएको छ । झडपका क्रममा साढे तीन सय जनालाई प्रहरीेले नियन्त्रणमा लिएको छ भने प्रदर्शनकारीले सार्वजनिक सम्पतिमा आगजनी गरेका छन् । दंगा नियन्त्रणमा नआएपछी ४५ हजार सुरक्षाकर्मी परिचारलन गरिएको छ ।

प्रदर्शनकारीहरुले छैठौं दिन पनि प्रर्दशनलाई निरन्तरता दिदैं सार्वजनिक तथा निजी सम्पत्तीहरुमा आगजनी गरिरहेका छन् । ठाउँ ठाउँमा आगो बालेर आवागमनमा अवरोध खडा गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेका छन् ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार हजार भन्दा बढीलाई पक्राउ गरिएको छ । २ सय भन्दा बढी सरकारी भवनहरुमा आगजनी भएको छ भने हजार बढी सवारी साधनमा क्षति पुर्‍याइएको छ । फ्रान्सको तनावको प्रभाव बेल्जियमसम्म पुगेको छ । बेल्जियमको राजधानी ब्रसेल्स लगाएत शहरहरुमा पनि प्रदर्शन भएको छ ।

यसैबीच, प्रहरीको गोली लागि मृत्यु भएका १७ बर्षिय किशोरको अन्तेष्टी गरिएको छ । अन्तेष्टी समारोहमा नाहेललाई न्याय लेखिएको टीसर्ट लगाएका हजारौं युवा सहभागिता भएका थिए ।