
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले सरकारले सुरक्षाको ग्यारेन्टी नगरे बैंक तथा वित्तीय संस्था बन्द गर्नुपर्ने अवस्था आउने चेतावनी दिएको छ ।
सिविफिनले प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षित वातावरणमा प्रचलित ऐन–कानूनद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदत्त अधिकारको प्रयोग गर्दै निर्वाध रुपमा बैंक तथा वित्तीय संस्थाहरु चलाउन नपाउने अवस्थामा बैंक तथा वित्तिय संस्थाहरु सेवा बन्द गर्न बाध्यत हुने चेतावनी दिएको हो ।
आमनिक्षेपकर्ता, ऋणीलगायत आम सरोकारावालाहरुको हक, हित संरक्षण तथा सम्वद्र्धनमा गम्भीर संकट उत्पन्न हुने भन्दै सिविफिनले त्यसबाट समग्र अर्थतन्त्रमै अकल्पनीय संकट सिर्जना हुनेतर्पm पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
सिविफिनले बैंक तथा वित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्ष र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतसँग माग गरेको छ ।
कर्जाको साँवा ब्याज नतिर्न उचाल्ने र बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाई भौतिक आक्रमण गर्नेलगायतका क्रियाकलाप देशका विभिन्न स्थानमा निरन्तर रुपमा भइरहँदा पनि सरकार मुकदर्शन बनेको गुनासो पनि विज्ञप्तिमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्