
हेटौंडा । नेपालमा नवकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाएर जापान निर्यात गरिएको छ ।
हेटौंडामा जापानी कम्पनीसँगको सहकार्यमा यस्तो मेसिन बनाएर निर्यात समेत गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा यामतो इन्टरनेशनल प्रालीले जापानी कम्पनीसँग मिलेर नवकरणीय उर्जा उत्पादन गर्ने प्रविधिको विकास गरेर निर्यात थालेको हो ।
प्रतिष्ठित जापानी वैज्ञानिक यामाजी मासामुराको प्राविधिक सहयोगमा हेटौंडामा अध्याधुनिक उर्जा उत्पादन गर्ने मेशिन उत्पादन गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेलले कम्पनीको निरीक्षण गर्दै नेपालभर फोहोर व्यवस्थापको समस्या जटिल बन्दै गएकोमा यस्तो नवकरणीय उर्जा उत्पाद गर्ने मेसिन बन्नु नेपालका लागि निकै खुसीको कुरा भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्