१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध, पहिरोमा कण्टेनर पल्टियो


455
Shares

काठमाडौं । आइतबार दिनभर अवरुद्ध भएर साँझ सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक सोमबार बिहान पुनः अवरुद्ध भएको छ ।

सडकखण्डको तीन नम्बर पुलमा सोमबार बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरोको कारण नारायणगढदेखि काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ७१० नम्बरको कण्टेनर समेत पल्टाएको र कण्टेनरका चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

१८ घण्टा अवरुद्ध भएको सडक हिजो साँझ खुलेको थियो । सो स्थानमा गत बिहीबारदेखि पहिरो खस्ने क्रम चलिरहेको छ।