१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु


5.733k
Shares

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धाको मृत्यु भएको छ ।

सोमबार बिहान मेचीनगर नगरपालिका– १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

फुल टिप्न घरबाहिर निस्केकी साहलाई हात्तीले आक्रमण गरेपछि उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष नारायण खनालले बताउनुभयो ।

धुलाबारीको व्यस्त बजारमै हात्ती छिरेर वृद्धाको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन् ।