
काठमाडौं । फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले श्री एयरलाइन्सका ३ वटा जहाजलाई नियमित उडानका लागि अनुमति दिएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार विभागले गरेको प्राविधिक निरीक्षणपछि सोमबार बिहान श्रीका दुई वटा बमबार्डियर ड्यास क्यू–४०० र एउटा बमबार्डियर सीआरजे गरी तीन वटा जहाज उडान योग्य रहेको जनाउँदै विभागले उडान गर्न अनुमति दिएको हो ।
श्रीसँग आन्तरिक उडानका लागि ८ वटा जहाज छन् । तीमध्ये पछिल्लो समय चार वटा जहाज उडानमा थिए । श्री एयरलाइन्सले सोमबार काठमाडौंबाट पोखरा, नेपालगन्ज, भद्रपुर, भैरहवा, विराटनगर गरी ३१ वटा उडान तालिकामा राखेको छ ।
शनिबार धनगढी र पोखराका लागि काठमाडौंबाट उडेका जहाजमा प्राविधिक समस्या देखिएपछि श्रीले आइतबार सबै जहाज ग्राउडेड गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्