
काठमाडौं । पोखरा–बागलुङ सडकखण्ड पहिरोका कारण सोमबार रातीदेखि अवरुद्ध बनेको छ ।
पर्वतको मोदी गाउँपालिका–६ महभीरमा पहिरो गएकाले सडक अवरुद्ध भएको हो ।
भीरबाट ठूला–ठूला ढुङ्गासहित खसेको पहिरोले सडक पुरेको पर्वत प्रहरीले जनाएको छ । सडक खुलाउन बिहानैदेखि डोजर परिचालन गरिएको पनि प्रहरीले बताएको छ ।
पोखरातर्फबाट गएका सवारी साधन नयाँपुलमा रोकिएका छन् भने बाग्लुङतर्फबाट आएका सवारी साधन डिमुवामा रोकिएका छन् ।
निरन्तर ठूलो वर्षा भईरहेकाले पर्वतका अन्य ग्रामीण सडकहरु पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस्तै, बाग्लुङ–कुश्मेशेरा सडक पनि सोमबारदेखि अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्