२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आयरल्यान्डविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै


468
Shares


काठमाडौं । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि हुने खेलमा आयरल्यान्डविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

राजधानी हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा आयल्यान्डले टस जितर बलिङको निर्णय लिएपछि नेपालले पहिला ब्याटिङ गर्दैछ । नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो ।

नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको थियो । नेपाल आयरल्याण्डलाई हराउने दाउमा रहेको छ भने आयरल्याण्ड पनि नेपाललाई हराउने योजनामा रहेको छ ।