७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सत्ता फेरबदलको दौडमा रास्वपा छैन : रवि लामिछाने


702
Shares

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चलेपनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताउनुभएको छ ।

धनगढी विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले सत्ता परिवर्तनको चर्चा रहेपनि रास्वपा त्यसको पक्षमा नरहेको बताउनुभयो । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले रास्वपा वडा स्तरसम्म संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको जिकिर गर्नुभयो ।

सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको लामिछानेले आरोप लगाउनुभयो । अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको उहाँको टिप्पणी छ ।

सरकराले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई सत्ता र प्रतिपक्ष दुवैले विरोध गरेको बताउँदै उहाँले सरकारले ल्याएको बजेट साना व्यवसायी, लघुुवित्त पीडित, दैनिक जिविका चलाउने नागरीक कसैको पक्षमा नरहेको बताउनुभयो । उहाँले सरकारले कुनै न कुनै कार्यक्रम ल्याएर बजेट सच्याउनुपर्ने बताउनुभयो ।