१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आन्तरिक हवाई भाडा घट्यो


7.254k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ ।

निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलसँगै हवाई इन्धनको पनि मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो ।

घटेको मूल्य अनुसार सबैभन्दा बढी काठमाडौं-धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घटेको छ । यसअघि काठमाडौं-धनगढीको हवाइ भाडा ६ हजार ६२५ रुपैयाँ रहेको थियो । यस्तै, सबैभन्दा कम छोटो दूरीमा रहेको काठमाडौं-सिमराको हवाइ भाडा १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको छ ।

आयल निगमले सोमबार आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो ।