१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोजपुरमा कृषकलाई हाते ट्याक्टर वितरण


2.184k
Shares

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका अगुवा कृषकलाई गाउँपालिकाले हाते ट्याक्टर वितरण गरेको छ ।

गाउँपालिकाले ‘गरिबी निवारण लघु उद्यम’ कार्यक्रम अन्तर्गत कृषकको २० प्रतिशत र पालिकाको ८० प्रतिशत लगानीमा हाते ट्याक्टर खरीद गरी वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकामा रहेका विभिन्न कृषि समूहमा समावेश भएका कृषक र व्यक्तिगत फर्मलाई यान्त्रिक औजार हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।